सुनको मूल्य निरन्तर बढ्दो

काठमाडाैं | असार १, २०८२

सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु। ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु। एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु। दुई हजार १६५ मा कारोबार भइरहेको छ । 


गत जेठ २७ एक तोला सुन रु। एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु। दुई हजार १६५ मा कारोबार भएको थियो । जेठ २८ गते रु। एक लाख ९१ हजार ३०० जेठ २९ गते एक लाख ९२ हजार ९०० तथा जेठ ३० र ३१ गते प्रतितोला सुन रु। एक लाख ९७ हजार १०० मा खरिदबिक्री भएको थियो । 


अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्